Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गाई काटेको अभियोगमा ६ जना पक्राउ


    बिहिबार, पुष १६ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीले गाई काटेको अभियोगमा ६ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककाे महाभारत गाउँपालिका-१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बासहित ६ जना रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हाे ।

    गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई  पक्राउ गरेकाे हाे ।

    करिब २५ केजी गाईको मासुसहित पक्राउ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार