काठमाडाैँ । देशभर हाल २ हजार ८ सय ७२ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
६ हजार ३ सय ७८ कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ७२ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय ६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
प्रदेश १ मा १ सय १८, प्रदेश २ मा २८, बागमति प्रदेशमा १ हजार २ सय ३०, गण्डकी प्रदेशमा ३ सय ७५, लुम्बिनी प्रदेशमा ६ सय ९, कर्णालीमा ८७ र सुदूरपश्चिममा ४ सय २५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।