Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ सय ७२ जना काेराेना संक्रमित आइसियु र भेन्टिलेटरमा


    बिहिबार, पुष १६ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल २ सय ७२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३६ जना आइसियु र ३६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा ११ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा १ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ८६ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६६ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    कर्णाली प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।  

    यस्तै, देशभर हाल २ हजार ८ सय ७२ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ३ सय ७८ कुल सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ७२ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ५ सय ६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    प्रदेश १ मा १ सय १८, प्रदेश २ मा २८, बागमति प्रदेशमा १ हजार २ सय ३०, गण्डकी प्रदेशमा ३ सय ७५, लुम्बिनी प्रदेशमा ६ सय ९, कर्णालीमा ८७ र सुदूरपश्चिममा ४ सय २५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार