Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ३ सय १२ जना काेराेना संक्रमित


    बिहिबार, पुष १६ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३३८ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा  ३८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    हालसम्म काठमाडौंमा मात्र ९७ हजार १९०  जना संक्रमित भएका छन्, जसमध्ये ४७० जनाको मृत्यु भएको छ। हालसम्म ९३ हजार ७७७ सय जना निको भएका छन्।

    ललितपुरमा १५ हजार २६१ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ७३० जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ८८७ संक्रमितमध्ये १०४ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५६० जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ९४३  ललितपुरमा ३८५ र भक्तपुरमा १८३  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार