काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेकाे छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।
किसानको उखुको रकम समयमा भुक्तानी नगरेपनि गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।