Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाका सांसदहरूकाे स्वाब संकलन


    बिहिबार, पुष १६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन भाेलिबाट सुरू हुनेभएपछि राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ ।

    राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते(भाेलि) अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ ।

    पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको निःशुल्क कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

    भोलिसम्म रिपोर्ट आइसक्ने संसद सचिवालयले जनाएकाे छ । नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रदेश दिइनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार