Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घट्याे सुनको मूल्य


    बिहिबार, पुष १६ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  सुनकाे मूल्य प्रतितोला १०० रूपैयाँले घटेकाे छ ।

    छापावाला सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भएको थियो ।

    यस्तै तेजाबी सुनकाे मूल्य प्रतितोला ९१ हजार ८५० रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार