Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको गुर्जुधारामा टिपर दुर्घटना, दुई जनाको मृत्यु


    बिहिबार, पुष १६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२,  गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

    टिपर दुर्घटनामा मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल छन् । दुवैको घटनास्थलमै मृत्यु भएको राउतले बताए ।महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतका अनुसार बुधबार राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो ।

    उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए । टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार