Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अपहरणकारी उदय सेठ्ठी समूहका बुढाथोकी भारतबाट पक्राउ


    बुधबार, पुष १५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भ्याली काेल्ड स्टाेरका सञ्चालक बाबुराजा रावललाई १ करोड ५० लाख रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न उदय सेठ्ठी समूहका कुमार बुढाथोकी पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खुंखार अपहरणकारी भारतीय नागरिक उदय सेठ्ठी समूहका बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरी नेपाल ल्याएकाे स्राेतले बतायाे ।

    सिआईबीको टोलीको छद्म नाम राखेर भारतको दार्जिलिङमा बस्दै आएका बुढाथोकीलाई सोही स्थानबाट पक्राउ गरी काठमाडौं ल्याएको हाे ।

    सर्लाही स्थायी घर भएका बुढाथोकी अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका व्यक्ति रहेकाे सीआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए ।

    चोरी र डकैतीमा संलग्न बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका अभियुक्त हुन् ।

    सेठ्ठीको समूहले २०६५ पुस १ गते व्यापारी रावललाई अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरी छाडेकाे थियाे ।सिअसीआईबी

    यस अघि महानगरीय अपराध महाशाखाको टोलीले २०६६ पुसमा सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई पक्राउ गरी मुद्दा चलाएकाे थियाे ।

    उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २०७७ असार २१ गते अपराध ठहर हुने गरी सदर गरिसकेकाे छ ।

    उदय सेठ्ठी समुहलाई हत्या, अपहरण र फिरौतीमा दर्जनौ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

    सेठ्ठी  शुरुमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम समुहमा बसेर काम गरेका थिए।

    सेठ्ठी र उनको समुहले बाबुराजालाई अपहरण गरेकै समयमा पेस्तोल टाउकोमा राखेर तर्साउने क्रममा आफ्नै सहयोगी सुदिप भन्ने व्यक्तिलाई गोली लागेको थियो।

    त्यसपछि घाइते बनेका सुदिपलाई सेठ्ठीकै समुहले ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार