Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


    बुधबार, पुष १५ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् ।

    अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

    उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराएकी हुन् ।

    सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

    त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार