त्रिशूली । धान्यपूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दै भक्तजन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित महादेव मन्दिरमा हरेक वर्ष धान्यपूर्णिमा र फागुपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ । ‘दुप्चेश्वर क्षेत्र विकास कोष’को अनुसार यो वर्ष दश हजार भक्तजन मन्दिरको दर्शन र मेलामा सहभागी भएका छन् । तस्वीर :रासस
