Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काभ्रे जिल्ला कमिटीमा प्रचण्ड–माधवको पक्षमा ११०, ओली समूहमा ३५ मात्रै


    बुधबार, पुष १५ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  रुकु चौलागाई र अशोक ब्याजु

    काभ्रे । नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) प्रचण्ड–माधव पक्ष र ओली पक्षमा विभाजित भइसकेको छ । दुई तिहाई बहुमत सहितको प्रतिनिधिसभा प्रधानमन्त्री केपी ओलीले भंग गरेपछि नेकपा विभाजित भएको हो । नेकपामा दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गरिरहेका छन् । निर्वाचन आयोगले निर्णय नदिएकाले दुवैले नेकपाकै नाममा कार्यक्रम गर्दैआएका छन् । प्रचण्ड–माधव पक्ष र ओली पक्षमा जिल्ला जिल्लामा कार्यकर्ता आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ । ओली पक्षले १११९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाई गाउँपालिका र नगरपालिकाका अध्यक्ष र मेयरलाई राखेर आफ्नो पकड कायम राख्न खोजेको छ ।

    यसैबीच, जिल्लादेखि वडातहसम्म नेकपाको बिभाजन भइसकेको छ । जिल्ला जिल्लामा कार्यकर्ता आफ्नो पक्षमा पार्न दुवै समूह लागेका छन् । ओली समूहका प्रखर वक्ता तथा पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा नै आफ्नै जिल्ला कमिटीमा भारी अल्पमतमा परेका छन् ।

     काभ्रेको साबिक एमालेका जिल्ला कमिटी सदस्य रहिसकेका अधिबक्ता विकास गिरीका अनुसार काभ्रेको १४५ सदस्यीय जिल्ला कमिटीमा प्रचण्ड–माधव पक्ष पक्षमा ११० जना देखिएका छन् ।  ओली समूहमा ३५ जिल्ला कमिटी सदस्यमात्रै बाँकी रहेका छन् । जिल्ला अध्यक्ष रुकु चौलागाई नै प्रचण्ड–माधव पक्षमा देखिएपछि ओली पक्षले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याजुलाई अध्यक्ष बनाएको छ । ओली पक्षले सचिवमा नारायण पाण्डेलाई राखेको छ ।

    ओली पक्षका ३५ सदस्य सहभागी मंगलबारको जिल्ला कमिटी बैठकले प्रचण्ड–माधव पक्षलाई कारबाही गर्ने निर्णय गरेको छ । जुन निर्णयमा नेकपाका जिल्ला सदस्य हरिशरण दाहालले यस्तो टिप्पणी गरेका छन्– १४५ सदस्य रहेको नेकपा काभ्रे जिल्ला कमिटी मध्य ३५ जना उपस्थित गुट भेलाले अबैध रुपमा जिल्ला अध्यक्ष र सचिब हटाएको तथा चयन गरेको नाटक मन्चन पनि देखियो । हेर्दै जाउँ अरु के के देखिन्छ । 

    जीवनभर ओलीको पक्षमा रहेका काभ्रेका बिदुर सापकोटा बाँस्कोटाका कारण राजनीतिमा निस्क्रिय भएका थिए । तर विभाजित भइसकेपछि उनी प्रचण्ड–माधवको पक्षमा खुलेका छन् । उनी प्रचण्ड–माधवले आयोजना गरेका कार्यक्रममा पनि सत्रि,mयतापूर्वक सहभागी भइरहेका छन् । २०६४ मा समेत जितेका पूर्वसांसद कृष्णप्रसाद सापकोटा पनि प्रचण्ड–माधव पक्षमा लागेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार