काठमाडौं । केही दिनअघि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएका एक प्रहरी अधिकृतले सत्तारुढ पार्टीका सांसद तथा काँग्रेस केन्द्रीय सदस्यको घरमै पुगेर आशीर्वाद लिएको घटनाले खुवै चर्चा पाएको छ ।
फौजी अनुशासन र प्रहरी सेवाबिरुद्ध भएको यो घटनाले नेपाल प्रहरीको छविमा आँच पुगेको बिभिन्न प्रतिक्रिया आउन थालेको छ । सिन्धुपाल्चोकबाट केही दिनअघि त्यहाँ कार्यरत एसपी सन्तोष खड्काको सरुवा भएको थियो । उनको ठाउँमा काठमाडौंमा कार्यरत रामेश्वर कार्की सरुवा भएका थिए । तर, उनी कार्यक्षेत्र नजाँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्वर २ का सांसद मोहनबहादुर बस्नेतको निवासमा पुगेर आशीर्वाद लिएको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ ।
नेपाली काँग्रेसका एक कार्यकर्ता रामकुमार थापाले फेसबुकमा हालेको तस्वीरमा एसपी कार्की खादा लगाएर उभिएको देखिन्छ । थापाले फेसबुकमा मोहन बस्नेतको सिफारिस र समन्वयमा एसपी कार्की सिन्धुपाल्चोक सरुवा भएको उल्लेख गरेका छन् । उनको फेसबुकमा अधिकांशले एउटा नेताको सिफारिसमा जिल्ला जाने प्रहरी अधिकृतले कस्तो काम गर्लान् भनेर प्रतिक्रिया लेखेका छन् ।
काबिल प्रहरी अधिकृतका रुपमा चिनिए पनि कार्कीले बस्नेतको घरमै पुगेर खादा लगाउनुले उनी कार्की काँग्रेसी कार्यकर्ताको तहमा ओर्लिएको प्रतिक्रिया आउन थालेको छ ।
११ माघ, २०८१ मा भएको १७ एसपीको सरुवा भएको थियो । जसमा कार्कीको सिन्धुपाल्चोकमा सरुवा भएका थिए । हाजिर
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend