Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा बढ्यो : प्रचण्ड


    बुधबार, पुष १५ २०७७
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको बताएका  छन्।

    किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको तथा तमू ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो वर्ष कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै पर्व मनाउन सबैमा आग्रह पनि गरेका छन्।
    ‘नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ । ’

    यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको उनले बताएकाछन् ।
    सबै समुदायहरुका यी उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै अध्यक्ष प्रचण्डले चाडपर्वहरुको अवसरमा सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार