Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री प्रभु साहलाई गाडी नदिंदा सहसचिवको सरुवा


    बुधबार, पुष १५ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्रभु साह र चक्रवर्ती कन्ठ

    काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले एक सहसचिवलाई गाडी नदिएकै भरमा सरुवा गरेका छन् । सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव चक्रवर्ती कन्ठलाई गाडी नदिएकै कारण उपत्यका बिकास प्राधिकरणमा काजसरुवा गरिएको छ । मंगलबार मन्त्री साहका पीएले रौतहटमा जानका लागि विभागमा गाडी मागेका थिए । रौतहटमा सानसौकत देखाउनका लागि मन्त्री साहले विभागका गाडीको लावालस्कर लाउन  मागेका थिए ।

    मन्त्रालयका लागि २ लाख रुपैयाँ तिरेर मर्मत गरिएको गाडी विभागका निमित्त महानिर्देशक पदम मैनालीले यसअघिका मन्त्री कृष्णगोपाल श्रेष्ठलाई नदिई कन्ठलाई दिएका थिए । बुधबार मन्त्री साहले उक्त गाडी माग गर्दा सहसचिव कन्ठले नदिएपछि १ घन्टामै उनको सरुवा उपत्यका विकास प्राधिकरणमा गरिएको छ ।  

    सहसचिव कन्ठ विभागको योजना महाशाखाका प्रमुख हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार