काठमाडौं । ३८ अर्ब रुपैयाँ खर्च गरेर नवलपुरमा नमुना सदरमुकाम बनाउने सहरी विकास मन्त्रालयको योजना कार्यान्वयनमा अन्यौल उत्पन्न भएको छ । ठूलो आयोजना भएका कारण यसमा सबैको आँखा लागेको छ ।
यस आयोजना कार्यान्वयन गर्ने जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले लिएको छ । यस आयोजनाका आयोजना प्रमुख झपटबहादुर थापा हुन् । यतिबेला उनी आयोजनालाई कसरी अगाडि बढाउनेभन्दा पनि आफू कसरी टिक्ने भन्नेमा तल्लीन छन् ।
यही कारण आयोजना अन्यौलमा परेको हो । मन्त्रालय स्रोतका अनुसार यस आयोजना कार्यान्वयन गर्न सहरी विकास मन्त्री प्रकाशमान सिंहले निकै चासो राखेका छन् । तर उनकै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछाने आयोजना प्रमुख परिवर्तन गरी कमिसन खाने दाउमा छन् ।
हठी स्वाभावका भनेर चिनिएका सिग्देल यतिसम्म हठ देखाउन थालेका छन् कि, मन्त्रीले भेट्न भनेर पठाएका व्यक्तिलाई समेत उनले नभेटी फर्काउने गरेका छन् । मन्त्रालयकै कामको विषयमा छलफल गर्न कसैले भेट्न खोज्यो भने पनि उनले भेट्न मान्दैनन् । सिग्देलले मन्त्रालयका उच्च कर्मचारीहरूको आन्तरिक बैठक तथा छलफलमा मन्त्रीका स्वकीय सचिवालयमा कार्यरत लामिछाने र उज्जल बज्राचार्यलाई कुनै पनि अवस्थामा प्रवेश नदिनू भनेर उर्दी नै जारी गरेका छन् ।
त्यस्ता बैठकमा युपी र उज्जल छिर्छन् कि भनेर आजभोलि मन्त्रालयका तल्लो तहका कर्मचारीहरू ढोकाबाहिर उभिएका हुन्छन् । ‘बैठकमा बस्ने, मन्त्रीभन्दा पनि ठूलो कुरा गर्ने, सहसचिवहरुलाई आदेश दिने जस्तो प्रवृत्तिबाट आजित भएपछि सचिवज्यूले यस्तो निर्णय गर्नुभएको हो’ सहरी विकास मन्त्रालयका एक कर्मचारीले भने ।
‘पुराना सचिव (मणिराम गेलाल) र उहाँ (सिग्देल)बीच तुलना नै हुँदैन । सिग्देलजीको यही घमण्डी स्वभावका कारण मन्त्रीज्यूसमेत खुशी नभएको जस्तो लाग्छ’ अर्का एक कर्मचारीले भने ।
स्रोत भन्छ– सचिव सिग्देल र मन्त्रीको स्वकीय सचिवालयका युपीले झपटको ठाउँमा अर्को कर्मचारी पठाउन चाहेका छन् । झपट पनि कम छैनन् । उलने प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव विनोद कुँवरको शक्ति प्रयोग गरिरहेका छन् । कुँवरलाई भेट्न उनी हप्तैपिच्छेजस्तो प्रधानमन्त्री कार्यालय पुग्ने गर्दछन् । थापाले नेपालफेस प्रतिनिधिसँग प्रधानमन्त्रीका निजी सचिवलाई भेटेको स्वीकार गरे पनि सरुवा थमौतीका लागि नभएर अर्कै प्रयोजनका लागि गएको प्रतिक्रिया दिए ।
संचार मन्त्रालयनजिकै सर्भिस सेन्टरमा ठाउँ ठाउँबाट आयोजना प्रमुखहरूलाई बोलाएर युपीले मोलतोल गर्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।
डोटीमा रामआशिष दासलाई युपीले नै सेटिङमा पठाएका थिए ।
यसैगरी काठमाडौंमा जगदिश लाछिानेलाई पनि उनले नै पठाएका थिए । नवलपुरको नमुना सदरमुकामको जिम्मेवारी लिन ओखलढुंगाका सुरज पौडेलले पनि लविङ गरिरहेका छन् । यस्तै चाहना पोखराकी सुनिता श्रेष्ठले पनि राखेकी छन् ।
‘यति हुँदाहुँदै पनि झपट नवलपुरमै बसे भने पनि आश्चर्य मान्नुपर्दैन । किनभने उनी पनि नवलपुरमा बस्न हरसम्भव सबै उपाय प्रयोग गरिरहेका छन्’–स्रोत भन्छ । कसरी नवलपुरमा टिक्ने उपाय खोज्दाखोज्दै झपटले आयोजना अघि बढाउन अझैसम्म टेण्डर खोल्न सकेका छैनन् । जबकि, यस वर्ष मात्र यस आयोजनका लागि ४ अर्ब भन्दा बढी रुपैयाँको वजेट छुट्याइएको छ ।
माघको पहिलो साताभित्रै टेण्डर खोलिसक्नुपर्ने थियो । ‘सचिवज्यू र युपीले बिगार्न खोजे’ भन्दै झपटले आफूनिकट व्यक्तिहरुलाई भन्ने गरेका छन् ।
झण्डै ३८ अर्ब रुपैयाँ लगानी गरेर नवलपुरमा नमुना सदरमुकाम बनाउने सहरी विकास मन्त्रालयले तयार गरेको योजना पास भइसकेको छ र अर्थले पनि स्रोत सुनिश्चितता दिइसकेको छ । तर योजना कार्यान्वयन अझै अघि बढेको छैन ।
यो योजना तत्कालै अघि बढ्नुपर्ने हो । तत्काल अघि नबढे चालु आर्थिक वर्षमा यो योजनाको काम अघि बढ्दैन । प्रगति शून्यझैं हुन्छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend