काठमाडाैँ । देशभर हाल २ हजार ९५८ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
६ हजार ३ सय ९६ कुल सक्रिय संक्रमितमध्ये २ हजार ९५८ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ११५ , प्रदेश २ मा २१, गण्डकी प्रदेशमा १ हजार ३ सय २५, गण्डकी प्रदेशमा ४ सय २७, लुम्बिनी प्रदेशमा ६ सय २७ कर्णालीमा ९३ र सुदूरपश्चिममा ३ सय ५० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।