काठमाडौं । देशभर हाल २ सय ८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ४ आइसियु र ३ भेन्टिलेटरमा बागमती प्रदेशमा ८९ आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५७ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा २ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।