Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ३९८ संक्रमित थपिए


    मंगलबार, पुष १४ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८  जना कोरोना संक्रमित थपिएका छन्। 

    योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

    हालसम्म काठमाडौंमा मात्र ९६ हजार ७८५ जना संक्रमित भएका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ। हालसम्म ९३ हजार ३७४ सय जना निको भएका छन्।

    ललितपुरमा १५ हजार १६९ जना संक्रमित भएका छन्। जसमा १४६ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ६५९ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ८२५ संक्रमितमध्ये १०० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५६० जना निको भएका छन्।
    आज काठमाडौंमा २ हजार ९४२  ललितपुरमा ३६४  र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार