काठमाडौं। काठमाडौं लगाएत देशका बिभिन्न भागमा पश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्नुका साथै चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम १ १ मापन भएको छ ।हिमाली क्षेत्रमा हिउँ पर्न थालेको र तराईका जिल्लाहरुमा शीतलहर शुरु भएकाले सर्वसाधरणको जनजीवन कठिन बन्दै गएको छ ।
आज बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १।१ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ः५४ बजे भएको थियो भने भने सूर्यास्त साँझ ५ः१८ मिनेटमा हुनेछ ।