Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सुप्रिम सहकारी ठगी प्रकरण: रविको बहस सकियो, आजै आदेश आउने


    आइतबार, माघ १३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथीको छुनछेक बहस सकिएको छ । बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा सुरू भएको थुनछेक बहस आज सकिएको हो ।

    अब केही बेरमा नै आदेश आउने अदालत स्रोतले जनाइएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिन वयान पछि लामिछाने भने हाजिरी जमानीमा रिहा भइरहेकाका छन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहिवार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिदै आएको छ ।

    शुक्रबार लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भए पछि बहस सुरू गरिएको थियो, लामिछानेको तर्फवाट बरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेललेलगायतले बहस गरेका थिए । सरकारी वकिलले जवाफी बहस गरे पछि आदेश आउने सम्भावना बढेको जनाइएको छ ।

    सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।

    उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार