Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुप्रिम सहकारी ठगी प्रकरण : रवि तर्फका वकिलले थाले बहस


    शुक्रबार, माघ ११ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको जारी बहसमा आज प्रतिवादी लामिछानेको तर्फबाट वकिलले वहस थालेका हुन् ।

    उक्त मुदामा बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

    बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार