Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेको बयान सकियो


    बुधबार, माघ ९ २०८१
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा आज बिहानदेखि रविको बयान भएको हो ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको आज सोही मुद्दामा बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

    लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बयानका लागि लामिछाने मंगलबार नै भैरहवा आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार