Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यासुन्दर शाक्यले ३ अर्ब मनपरी बाँडे, महानगरबासीले तिरेको करको दुरुपयोग


    मंगलबार, पुष १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरबासीहरुले तिरेको करलाई विकास निर्माणमा लगाउने तथा महानगरबासीहरुकै सेवामा खर्चिनु पर्ने हो । तर, यतिखेर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य जनताले तिरेको कर आफूखुशी मनलाग्दो किसिमले बाँड्दै हिंडिरहेका छन् । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सचिवको दरवन्दी कटाएर सहसचिवको दरवन्दी राख्न लगाएर शाक्यले भ्रष्टहरुलाई अझ सक्रिय तुल्याईरहेका छन ।

    अहिले महानगरमा भ्रष्टमतिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली छन् । यस अघि पनि काठमाडौं महानगरपालिकामा सहसचिवमा काम गरेर प्रदेश ७ मा सरुवा भएर गएका थिए । पछि रघुवीर महासेठ भौतिक मन्त्री भएका बेला उनी त्यहाँ सरुवा भएर आए । पछि महानगरपालिका पुन सहसचिवकै रुपमा आएका व्यक्ति हुन् । 

     सहसचिव ज्ञवाली कै गृह पालिका रहेको रामग्राम नगरपालिकालाई भगिनी सम्वन्ध गाँस्न लगाएर उनले महानगरबासीले तिरेको १ करोड ५० लाख रुपैयँँ अनुदान दिन लगाएका थिए । त्यो मात्र होइन अहिले जुम्ला पुगेका शाक्यले त्यहाँ पनि १ करोड ५० लाख रुपैयाँ अनुदान दिएका छन् । जुन कुरा अहिले सामाजिक सञ्जालहरुमा भाईरल बनिरहेको छ ।

     
    महानगरपालिकाले रामग्राम नगरपालिका तथा जुम्लाको चन्दनथान नगरपालिकाले त्यत्ति ठूलो रकम किन दियो भन्ने विषयमा महानगरका कर्मचारीहरु नै रुष्ट बनेको खबर छ । महानगरबासीहरुबाट निकै कष्टसँग उठाएको राजश्व जेमन्त तालले मेयरले बाँड्न थालेको  कर्मचारीहरुको गुनासो छ । हुन पनि काठमाडौं महानगर भित्रै पूर्वाधार विकासदेखि जनतासँग प्रत्यक्ष सरोकार राख्ने धेरै काम गर्न बाँकी छ । महानगरपालिकाकै विकास हुन नसकिरहेका बेला भगिनी सम्वन्धमा नाममा महानगरले अन्य नगरपालिकालाई रकम बाँड्दै हिंड्नुको कुनै अर्थ भने देखिंदैन ।

    स्रोतका अनुसार विद्यासुन्दर शाक्य मेयर भएर आएको करीव साढे तीन वर्षयता तीन अर्व रुपैयाँ भन्दा बढी रकम यसै गरी आफू खुशी बाँडिरहेका छन् । काठमाडौं महानगर जस्तो जनसंख्या अधिक रहेको महानगरका वडाहरुमा न त एउटा सार्वजनिक शौचालय छ न त सार्वजनिक धारो न सरसफाइ † तर मेयर शाक्य भने उल्फाको धनमा फुपुको श्राद्ध भन्ने उखानलाई चरितार्थ पार्दै नगरवासीले तिरेको करको दुरुपयोग गर्दै हिंडेका छन् ।

    महानगरबासीले तिरेको रकमको महानगरमै सदुपयोग नगरेर  यस्तो फजुल खर्च रोक्न संघ सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै कदम चाल्नु पर्ने देखिन्छ । अन्यथा महानगरपालिका छिट्टै नै टाट पल्टने अवस्थामा पुगिसकेको महानगरभित्रका कर्मचारी बताउँछन् । साँघु साप्ताहिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार