Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिआईजी बढुवाको लागि गृहकार्य शुरु, काे-काे छन् सूचीमा?


    सोमबार, पुष १३ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल प्रहरीमा  रिक्त नौ डिआईजी पदको बढुवाको लागि गृहकार्य शुरु भएको छ ।

    जसका लागि गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक बसेको छ ।

    आईजीपी शैलेश थापा क्षत्री र एआईजी बिश्वराज पोखरेलको ब्याचबाट गरी ९ एसएसपीलाई डिआईजीमा बढुवा गर्न लागिएको हो।

    जसमा २४ जना एसएसपी प्रतिस्पर्धामा छन् । आईजीपी क्षत्री को ब्याचबाट ९ जना र बैकल्पिक टोली तथा एआईजी पोखरेलको ब्याचबाट १५ जना प्रतिस्पर्धामा छन् ।

    आईजीपी क्षत्रीको ब्याचबाट ४ जना र एआईजी पोखरेलको ब्याचबाट ५ जना बढुवा सूचीमा अटाउउने संभावना छ ।

    आईजीपी क्षत्रीको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश एैर, देबबहादुर बोहोरा र रामकृपाल शाह तथा एआईजी पोखरेलको ब्याचबाट दिवेश लोहनी, पूजा सिंह, मुकुन्द आर्चाय, सुशील यादब र प्रकाश अधिकारी बढुवा सूचीमा अटाएका छन् ।

    । आजै बढुवाका लागि सिफारिस हुने बताइएको छ।

    स्रोतका अनुसार बालुवाटारबाट गृह मन्त्रालयमा बढुवाको सूची पुगेको हुँदा यो पटक पनि कार्यक्षमता र दक्षता भन्दा पनि बढी चलखेल गर्ने पावरवालाहरु बढुवामा पर्न्ने संभावना छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार