Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ हजार २२ जना काेराेना संक्रमित होम आइसोलेसनमा


    सोमबार, पुष १३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । देशभर हाल ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ६ हजार ४४५ कुल सक्रिय संक्रमितमध्ये ३ हजार २२ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    बाँकी ३ हजार ४२३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र एक हजार २२५ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ११६, प्रदेश २ मा १८, गण्डकी प्रदेशमा ४६७, लुम्बिनी प्रदेशमा ६८७, कर्णालीमा १०३ र सुदूरपश्चिममा ४०६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
    यसअघि आइतबार ३ हजार ७७ जना संक्रमित होम आइसोलेसनमा थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार