Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ सय ९४ जना आइसियु र भेन्टिलेटरमा


    सोमबार, पुष १३ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आइसियु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 

    यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार  आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २८८ जना थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार