Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सर्वोच्चको निर्णय पर्खन्छः देउवा


    सोमबार, पुष १३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनमा कांग्रेस नेताहरुले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको बिरोध गरेका थिए । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

    कांग्रेसको प्रदर्शनमा प्रायः सबै नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो गृहजिल्ला जान नभ्याएकाले भक्तपुरको थिमीमा हुने सभालाई सम्बोधन गरेका छन् । सभापति देउवाले नेपाली कांंग्रेसले सर्वोच्चको निर्णय पर्खने, धम्क्याउने तर्साउने काम नगर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार