Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने


    सोमबार, पुष १३ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो ।

    कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार मगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राईले बताउनुभयो ।

    लामाको खुट्टाको चोट बल्झिएको छ । उहाँ थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते हुनुभएको थियो । मगर भने बन्द प्रशिक्षणका क्रममा घाइते हुनुभएको हो । उहाँको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार