काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सई ए नोविकोव बीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई राजदूत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् ।
भेटमा नेपाल र रसियाबीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको छ । राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरी कोभिड–१९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्दता गरेका छन् ।
हाल रसियासँग संसारका १ सय ८ देशले खोप माग गरेकामा रसियाले नेपाललाई खोप उपलब्ध गराउने देशको छैटौ प्रथामिकतामा राखेको जानकारी दिए । मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वाससहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।