Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस दुर्घटनामा कम्तीमा ३७ यात्रुको मृत्यु


    सोमबार, पुष १३ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

    क्यामरूनको  रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् । 

    बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार