काठमाडौं – राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले अन्तत एमालेमै फर्किने भएका छन् । उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन् ।
शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन सम्बाद गरेको उनले बताए । नेता गौतमले आफू विगत २ वर्षदेखि एमालेमा फर्किने प्रयत्नमा रहेको भए पनि अबचाहिँ एमालेमा जाने तय भएको दाबी गरे। यद्यपि, कुन पद लिएर कहिले जाने हो भन्ने विषय भने नटुंगिएको गौतमको भनाइ छ।
गौतम यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि वार्तामा थिए। पटक(पटक नेपालसँग कुराकानी गरेका उनले यसअघि समाजवादीमा वरिष्ठ नेता भएर जाने निश्चित भइसकेको तर अरु जिम्मेवारी नटुंगिएको दाबी गरेका थिए।
लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र संगठन परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनी प्रवेश गरेलगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए । कार्कीका अनुसार, त्यही दिनको कुराकानीमा सबै कुरा टंगो लागेको र आज विहानको कुराकानीपछि एकता गर्ने कुरा पक्कापक्की भएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend