Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ‘सरकारी जमीन अतिक्रमण गर्न पूर्वमन्त्री नै सक्रिय’


    आइतबार, पुष १२ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहँचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताएका छन्।

    मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।  

    मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्शा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गरिन् ।

    मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पदबहाली गरेकी छन् । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार