Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८२५ पुग्यो


    आइतबार, पुष १२ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३ जना संक्रमितको मृत्यु भएको थियो। 

    आइतबार एकैदिन ४८१ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ४९३ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ जना क्वारेन्टाइनमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार