Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा ४८१ काेराेना संक्रमित थपिए


    आइतबार, पुष १२ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ ।

    आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्।

    पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार