Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश सरकारले मनाउँदै बलिदानी दिवस


    शनिबार, माघ ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ । अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश सरकारले दिवस मनाउन लागेको मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

    बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदको सम्झनामा एक लाख दिप प्रज्वलन गर्ने बताइएको छ ।

    २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।

    माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

    सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार