Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई गोकुल बास्कोटाको प्रश्न- सत्ता खुस्केको झोँक सिस्टममाथि नै पोख्न मिल्छ ?


    शुक्रबार, माघ ४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कटाक्ष गर्दै सत्ताबाट हट्नुपर्दाको झोँक सिस्टममाथि पोखेको आरोप लगाएका छन् ।

    हिजो चितवन पुगेका ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार यही ढंगले चले देशमा राजनीतिक दुर्घटना हुनसक्ने बताएपछि नेता बास्कोटाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सत्ता खुस्केको झोँक सिस्टममाथि नै पोख्न मिल्छ ? भन्दै प्रश्न उठाएका हुन् ।

    उनले लेखेका छन्, ‘कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन् । बढेमान नेताले सत्ता खुस्केको झोँक सिस्टममाथि नै पोख्न मिल्छ र भन्या ? कि उनको लाइन पनि भुटान भ्रमण प्रभावी हो ?’ उनले प्रश्न गर्दै भने, ‘प्रमाण त छैन तर शंकाको सुविधा पाइयो । सजिलै गणतन्त्र खतरामा ? आउँछ के र को ? जवाफ खै ?’

    उनले ‘प्रचण्ड’लाई यति सजिलै व्यवस्थामा खतरा आउँछ ? भन्दै सोधेका पनि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार