Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि विवाह


    बिहिबार, माघ ३ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले आज (विहीबार) ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरकी हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा छिन् ।

    शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । गोकर्णेश्वरमा हुने वैवाहिक कार्यक्रममा परिवार र नजिकका इष्टमित्रलाई निम्तो गरिएको छ ।

    युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् । उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबारदेखि सुरू हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार