Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधानको रक्षाका लागि पुनःस्थापना हुनुपर्छः गुरुङ


    आइतबार, पुष १२ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा उहाँले संसद् विघटनको सिफारिस असंवैधानिक भएको जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्थालाई सहयोग गर्दैन ।”  विघटित प्रतिनिधिसभामा नेकपाका तर्फबाट प्रमुख सचेतकसमेत रहनुभएका नेता गुरुङले  संसद् पुनःस्थापना गरिछाड्ने जिकिर गर्नुभयो । 

    विघटित प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले पार्टीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग नभएको दावी गर्दै आन्तरिक छलफललाई लिएर जनताको अभिमतबाट निर्मित सार्वभौम प्रतिनिधिसभा विघटन सही नभएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार