Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई


    आइतबार, पुष १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाएका छन्।

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिए । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।

    मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।

    त्यसमध्ये प्रचण्ड-नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार