Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • संसद अधिवेशन बोलाउन संयुक्त दबाब दिने विपक्षी दलहरुको निर्णय, बैठक भोलि पुन: बस्ने


    बुधबार, माघ २ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – आज बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । माओवादी केन्द्रको पहलमा आज सिंहदरबारमा बसेको संघीय संसदका विपक्षी ६ दलहरू बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारलाइर्ए दवाव दिने निर्णय गरेको हो ।

    अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेको नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले जानकारी दिए।

    विपक्षी दलको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको छ ।

    विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषालले जिम्मेवारी पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार