Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार अभियाेगमा २ जना पक्राउ


    आइतबार, पुष १२ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ललितपुर र मकवानपुरबाट २ जना पक्राउ परेका हुन् ।

    ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा करणी गरेको भन्ने उजुरी परेपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यसैगरी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका(१ धोबिडाँडा बस्ने ६२ वर्षीय आईते सिंह वाईवालाई प्रहरीले पक्राउ गरेको छ ।

    वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको उजुरी आएको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार