काठमाडौं । चार महिनाअघि बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएका डीआईजी कृष्णहरि पोखरेलले मकवानपुर र हेटौंडाका थानाचौकीमा बदनाम प्रहरी अधिकृतलाई इन्चार्जको जिम्मा दिएका छन् । डीआईजी पोखरेलले रातमाटे प्रहरी चेकपोष्टको इन्चार्जमा ४ महिनामात्र जागिर अवधि बाँकी भएका प्रहरी नायब निरीक्षक (सई) बृजेशकुमार चौधरीलाई खटाएका छन् ।
ललितपुरमा दरबन्दी भएका प्रहरी नायब निरीक्षक(सई) चौधरीलाई उनले रातमाटे प्रहरी चेकपोष्टको इन्चार्ज बनाएर लागूऔषध गाँजादेखि निर्वाध तस्करी गराउँदैआएका छन् । १५ करोडबराबरका अबैध सामान बरामद गरी बुझाएका असई नवीनकुमार थापालाई तानेर चौधरीलाई आर्थिक लाभ लिएर रातमाटे प्रहरी चौकीको इन्चार्जको जिम्मा दिएका छन् । सर्ई चौधरीलाई गाँजादेखि तस्करीको सेटिङ गरी मासिक दररेट तोकेर उनले रातमाटे चेकपोष्ट जिम्मा दिएको आरोप छ ।
डीआईजीको आडभरोसा पाएपछि हेटौंडाको रातमाटेबाट दैनिक गाँजा भारततर्फ जाने गरेको छ । मकवानपुरका ग्रामीण भेग हुँदै रातमाटेबाट प्रहरीको सेटिङमा तस्करी भएको ५ क्वीन्टल ५ किलो गाँजा सोमबार(२९ पुस, २०८१) मा भारतको भारतको पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतिहारी नजिकै बरामद भएको छ । गाँजा तस्करी गर्ने तीनजनालाई मोतिहारी प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पूर्वी चम्पारण जिल्ला बाराको सीमावर्ती क्षेत्रमा पर्दछ । स्रोतका अनुसार गाँजा तस्करहरुले चौधरीमार्फत् डीआईजीलाई मासिक २० औं लाख बुझाउने सर्तमा रातमाटे नाकाबाट पार गराएर भारत लाने गरेका छन् ।

बृजेशकुमार चौधरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको असईमा कार्यरत कार्यरत भएको समयमा ३० असोज, २०७६ मा १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । भारतबाट तस्करीको सामान नेपालतर्फ पास गराउन घुस उनले घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
अख्तियारले घुससहित रंगेहात नियन्त्रणमा लिएका चौधरीसहित ४ सय जनालाई सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उन्मुक्ति दिएका थिए । भाइ प्रभुशमशेरले ४ सय जनासँग ३ लाखका दरले असुलेर अख्तियारले घुससहित नियन्त्रणमा लिएकाहरुलाई उन्मुक्ति दिएको थियो ।
आईजीपी बसन्तबहादुर कुँवरले मधेश प्रदेशमा डीआईजी हुँदादेखि नै काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्ने अभियान नै चलाएका थिए । सुशासनका लागि आईजीपीले उक्त अभियान चलाएका थिए । तर बागमती प्रदेशका डीआईजी पोखरेलले दरबन्दी अन्यत्रै भएका चौधरीलाई काजसरुवा गरी महत्वपूर्ण थानाचौकीको जिम्मा दिएका छन् । चौधरी रातमाटेको इन्चार्ज भएपछि ५ लाखको सामान पनि बरामद नगरी खुलेआम गाँजादेखि सबै तस्करी गर्न छुट दिएका छन् ।
डीआईजी पोखरेल बागमतीमा सरुवा हुनुअघि रातमाटेका इन्चार्ज असई नवीन थापाले ३ महिना १३ दिनमा १५ करोडको अबैध सामान बरामद गरेका थिए । बरिष्ठ सई राजेश यादव र बृजेश चौधरीको सेटिङमा डीआईजी पोखरेलले उनलाई हटाएका थिए ।
डीआईजी बसन्तकुमार लामा बागमतीको प्रमुख हुँदा ५ बर्षअघि ५ हजार घुससहित हेटौंडाको भैंसेमा पक्राउ परेका हवल्दार बिनय चौधरीलाई पनि हालका डीआईजी पोखरेलले रातमाटेमै राखी असुलीमा परिचालन गरेका छन् । सई बृजेशकुमार चौधरी र हवल्दार बिनय चौधरी काकाभतिजा हुन् । काका भतिजलाई डीआईजी पोखरेलले रातमाटे चेकपोष्टबाट जे गरेर भए पनि कबोल गरेको टेण्डर बुझाउने जिम्मा दिएका छन् ।
महोत्तरी दरबन्दी भएका बरिष्ठ सई राजेश यादवलाई चितवनको लोथरको इन्चार्जमा राखिएको छ । लोथर र रातमाटेमा चौधरी र यादवलाई राखेर गाँजा तस्करको निर्धक्क लाइन चलाइएको छ ।
अर्जुन तिमल्सिना कर्मचारी प्रशासनको एसपी हुँदा काज मिलाएर यादवलाई चितवनको लोथरमा खटाउने काम पनि डीआईजी पोखरेलले नै गरेका थिए । आचरणबिपरीत क्रियाकलापमा भएको पाइएपछि सिरहामा कार्यरत रहँदा बरिष्ठ सई यादव २ पटक निलम्बनमा परेका थिए ।
सई चौधरीले रातमाटेबाट गाँजा पार हुने समयमा प्रहरीलाई ड्यूटीमै नराख्ने र काडा पुल कटेपछि गाँजा बोकेको गाडी प्रहरी चेकिङ नै नहुने गरेको स्रोत बताउँछ । अरु गाडीको चेक गरे पनि गाँजा बोकेका गाडीको चेक काडा पुल कटेपछि हुँदैन ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend