Upendra Yadav, Samajwadi Party-Nepal
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको र सहकार्य गर्न नसकेर मधेस सरकारबाट भागेको टिप्पणी गरेका छन्।
उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’
साथै उनले भने, ‘गठबन्धनमा बसेपछि केही आचरणको पालना गर्नुपर्ने हुन्छ । त्यो उहाँहरूले राख्न सक्नु भएन । दोष अर्कालाई दिएर हुँदैन । गैर राजनीतिक चरित्र देखियो । उछिङखलता र उदन्डता देखियो । यसरी कसरी सहकार्य गर्ने ।’
उनले गठबन्धनमा बस्ने तर गठबन्धनको चरम विरोध गर्ने प्रवृत्ति हाबी भएकोले आफूले पटक-पटक सुधार गर्न भनेको तर अराजकता नै निरन्तर देखिएपछि वास्ता गर्न छाडेको बताए ।
उनले भने, ‘चरित्र सुधार्नुपर्छ राजनीतिक संस्कार स्थापना गर्न संस्कार बसाउनुपर्छ । यसरी त हुँदैन सहकार्य ।’ मंगलबार जनमत पार्टी दुई मन्त्रीसहित मधेस सरकारबाट बिदा भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend