Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसएसपी सिंहको पहिलो सफलताः प्रधानन्यायाधीशको नाम लिंदै अरबौं ठगी गर्ने कक्षपती पक्राउ


    शनिबार, पुष ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विभिन्न ब्यक्तिलाई ठगी गरेको आरोपमा सहदेव कक्षपति पक्राउ गरेका छन् । एसएसपीको कमाण्ड सम्हालेको छोटो समयमै सिंहले अरबौं ठगीमा संलग्न कक्षपतीलाई पक्राउ गर्न सफल भएका छन् ।  महाशंकर रेग्मीको जग्गा ठगी गरी हडप्न खोजेपछि कक्षपती शनिबार पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले उनी पक्राउ परेको पुष्टी गरेका छन् । ठगी र जग्गासम्बन्धी उजुरीमा कक्षपतीलाई नियन्त्रणमा लिइएको छ । अहिले जुलुसमा भएकाले उजुरीबारे विस्तृत जानकारी दिन नसक्ने एसएसपी सिंहले बताए ।

    सहदेव कक्षपतीले नेपालीक कांग्रेसका उपसभापति विजय गच्छदारलाई भिनाजु नता लगाउँदै ठगी गर्दैआएका थिए । उनीबाट पचासौं जना पीडित छन् । उनले थुप्रै ब्यक्तिको जगगा हडप्ने, मुद्दा दिने र अदालतमा मुद्दा दिएर सेटिङ गरी घरबारबिहीन पार्दैआएका छन् । उनीसँगै ठगीमा संलग्न रेवती ढकाल र बिष्णु श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका छन् । उनी भारतीय ठग नटबरलालकै शैलीमा शक्तिकेन्द्रको पहुँच देखाउनेमा पर्दछन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नाममा पनि ठगीधन्दा गर्दैआएका थिए ।

    ललितपुरको छम्पीमा पनि उनले बीसौं गरिबको जग्गा मुद्दा मामिला गरी हडपेका थिए । गरिबका जग्गा हडप्ने उनी बैंकमा तिनै जग्गा राखी ऋण लिएर नतिरेपछि कालोसूचीमा परेका फरार थिए । कक्षपतिबिरुद्ध अदालतले ३ महिना कैद संजाय तोके पनि उनी फरार थिए ।

    नेपाल ट्रष्टको नाममा रहेको कामाडौं प्लाजाको भवनको लिज सकिएपछि पनि अदालत मिलाउँछु भन्दै ब्यापारीसँग पैसा लिएको तर पछि अदालतले अन्तरिम आदेश नदिएपछि पीडितहरुले पैसा फिर्ता मागिरहेका थिए । काठमाडौं प्लाजाका ब्यापारीहरुले उनलाई मुद्दा जिताइदिन्छु भनेकाले रकम दिएका थिए । तर मुद्दा नजितेपछि कक्षपति सम्पर्कबिहीन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार