Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए: माधव नेपाल


    आइतबार, पुष २८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी) को आफ्नो छुट्टै पहिचान स्थापित भइसकेको बताएका छन्।

    वीरगन्जमा आइतबार आयोजित एकीकृत समाजवादी पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादी नेपालको राजनीतिमा स्थापित दल भइसकेको बताए । उनले भने, ‘यो पार्टीको आफ्नो एउटा पहिचान छ। यो पार्टी शानका साथ नेपालको राजनीतिमा उभिएको छ। यो पार्टीको आफ्नै इज्जत ,मान र सम्मान छ।’

    उनले नेपाल राष्ट्रको एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै राज्यले पनि सम्मान गर्नुपर्नेमा जोड दिए।

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने,‘माधव नेपालको अनुहारपनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएका बेला भने दौडेर म कहाँ आउनुपर्‍यो।’ तर आफूले कोहीप्रति घृणाको भाव नराखेको उनले सुनाए। नेपालले भने,‘जस्तो बीउ रोप्यो फलपनि त्यस्तै फल्छ। जसले घृणाको बीउ रोप्छ फलमा पनि घृणा नै पाउँछ।’

    हरेक राजनीतिक दलले नेपाल र नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिँदै उनले अमेरिका,रुस,चीन,भारत लगायतका देशका सरकार प्रमुखसँग नेपालको हित र प्रतिष्ठा बढाउनका लागि आफूले संवाद र छलफल गरेको उनले सुनाए।

    जनताको विश्वास र समर्थन प्राप्त गरे मात्रै पार्टी बलियो हुने भन्दै उनले जनताको विश्वास र समर्थन पाउनका लागि कार्यकर्ताले मेहनत गर्न आवश्यक भएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार