तस्वीर रासस
बनेपा । दुर्घटना हुनबाट बचेको हिमाल तराई यातायातको यात्रु बस । दुर्घटना शब्द सुन्ने बितिकै मानिसको मन सिरिङ हुन्छ । यहाँ दुर्घटना हुनबाट जोगिएको हिमाल तराई यातायातको यात्रुबाहक बसको तस्वीर देख्दा पनि सिरिङ हुन्छ ।
बनेपा बसपार्कबाट काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको घर्तिछाप–सोलाभन्ज्याङ–गोकुले धापतर्फ शनिबार यात्रु लिएर जाँदै गर्दा विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चकोट नजिकै विपरीत दिशातर्फ गईरहेको सवारीसाधनलाई साईड दिने क्रममा चिप्लिएर सडक छेउमा पुगेको बस ।
