Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोसी प्रदेशसभा हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस


    आइतबार, पुष २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस भएको छ । आज (आइतबार) बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकले आउँदो माघ ७ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा बैठक बोलाउन प्रदेशप्रमुख समक्ष सिफारिस हुने जानकारी दिए ।

    प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार