Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस


    आइतबार, पुष २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जुम्ला – जिल्लामा नागरिकताको प्रमाण पत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

    यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले भने ,’गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ ।यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार