Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित


    आइतबार, पुष २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज(आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने कागज गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार